News Summary
Generated by OK AI. Editorially reviewed.- मानव अधिकार तथा शान्त समाजका संस्थापक कृष्ण पहाडीले भदौ २३ र २४ को घटनाका दोषीमाथि तत्काल छानबिन र कारबाही हुनुपर्ने माग गरेका छन् ।
- पहाडीले सात दिनभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको र चार महिनासम्म समिति नबन्नु विडम्बनापूर्ण भएको बताए ।
- पहाडीले उद्योगी व्यवसायीलाई बिनाप्रमाण धरपकड गर्ने सरकारको कार्यशैली गलत भएको भन्दै सरकारको अपरिपक्व परराष्ट्र व्यवहारले छिमेकी राष्ट्रहरूसमेत सशङ्कित रहेको बताए ।
२२ साउन, बुटवल । मानव अधिकार तथा शान्त समाजका संस्थापक केन्द्रीय सभापति कृष्ण पहाडीले गत २३ र २४ भदौको घटनाको छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
बालेन शाह नेतृत्वको सरकारले १०० बुँदे कार्यसूचीमा सात दिनभित्र २३ र २४ भदौको घटनाको छानबिन गर्न समिति गठन गर्ने भने पनि चार महिनासम्म गठन नगर्नु विडम्बना भएको उनले बताए ।
शुक्रबार बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रममा पहाडीले २३ र २४ भदौको घटनाका दोषीलाई कारबाही नभए मुलुकमा दिगो शान्ति कायम नहुने बताए ।
‘जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन र दोषीलाई कारबाही हुनुपर्ने माग तत्कालीन सत्तारुढ र प्रतिपक्षी दलहरूले गर्दै आएका छन् । यदि त्यो नहुने हो भने त्यस्तो घटना फेरि दोहोरिन सक्छ,’ पहाडीले भने, ‘सरकारले सात दिनभित्र छानबिन समिति गठन गर्ने भने पनि चार महिनासम्म गठन नगर्दा थुप्रै प्रश्न र आशंकाहरू उठेका छन् ।’
पहाडीले सरकारका गतिविधिबाट आम नागरिक, उद्योगी व्यवसायी सन्तुष्ट हुन नसकेको औंल्याउँदै पहाडीले सरकारको अपरिपक्व परराष्ट्र व्यवहारले छिमेकी देशहरू चीन र भारत दुवै संशयमा रहेको बताए ।
सरकारले दल र नागरिक समाजसँग संवाद भन्दा जंगी समाधान खोज्ने दिशामा जाँदा दुर्घटना निम्तिन सक्ने औंल्याउँदै नागरिक समाधान खोज्न उनले आग्रह गरे ।
सरकारले उद्योगी व्यवसायीलाई बिना प्रमाण धरपकड गरेर आतंकित बनाउने काम गरेको उल्लेख गर्दै पहाडीले यस्ता गतिविधि रोक्न सुझाव दिए ।
प्रतिक्रिया 4