+
+
Shares

धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य अभियुक्त समातिए

उनले कानमा लगाएको सुनको मुन्द्रा नभेटिएका कारण सोही लुट्ने उद्देश्यले हत्या गरिएको प्रहरीले आशंका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १९:३१

२२ असार, धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट पक्राउ गरिएको हो ।

कठायतलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक(सई) सुशील चन्द नेतृत्वको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । १० असारमा घरबाट बेपत्ता भएका बालक १२ असारमा हत्या गरेको अवस्थामा स्थानीय बालिका सामुदायिक वनभित्र मृत भेटिएका थिए ।

उनले कानमा लगाएको सुनको मुन्द्रा नभेटिएका कारण सोही लुट्ने उद्देश्यले हत्या गरिएको प्रहरीले आशंका छ । मुख्य अभियुक्त पक्राउ परिसकेकाले थप कुरा खुल्ने प्रहरीले बताएको छ ।

घटनाको अनुुसन्धानका लागि यसअघि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो तर उनीहरू हाल थुुनामुुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?