+
+

संघीय निजामती ऐन अध्यादेशमार्फत ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १६:१५

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लीलानाथ श्रेष्ठले संघीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारण समयमै संघीय निजामती ऐन नआएका कारण कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको बताए । त्यसको व्यवस्थापनका लागि अध्यादेशमार्फत् नै भए पनि निजामती ऐन ल्याउनुपर्ने उनको भनाइ छ ।

कर्मचारीका लागि पदपूर्ति, बढुवालगायतका मूलभूत कुरालाई समेटेर अध्यादेश ल्याउनका लागि प्रधानमन्त्री, मुख्यसचिव र आफूबीच छलफल भएको भए पनि नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उनले बताए ।

‘यो संघीय निजामती ऐनलाई मूलभूत कुरा लगाउनुपर्ला नभए राष्ट्रको स्थायी सरकारले मनोबल गर्‍यो भने कसरी काम गर्छ ? त्यसै कारणले यो ओझेलमा राख्नु हुँदैन जानुपर्छ भनेर मेरो, मुख्यसचिवको सहमति भएर अगाडि बढाउने कुरा भएको थियो,’ उनले भने, ‘तर नागरिकताको रिजल्ट आइसकेपछि फेरि हामी अलिकति स्टप भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?