Comments Add Comment

गोरखामा असार १९ गतेसम्‍म निषेधाज्ञा थप

११ असार, गोरखा । गोरखामा केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

शुक्रवार बसेको जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले केही खुकुलो बनाउदै असार १९ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि असार १२ गतेसम्मका लागी निषेधाज्ञा लागू गरिएको थियो ।

दैनिक उपभोग्य खाद्यान्न, तरकारी तथा फलफुल, वर्कसप र हार्डवेयर पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्न पाउने भएका छन् ।

कपडा तथा फेन्सी पसल, अटोमोवाइल, फर्निचर, जुत्ता चप्पल पसल, सुनचाँदी र इलेक्ट्रोनिक पसल, भाडा पसल, कस्मेटिक पसल (व्यूटी पार्लर बाहेक), टेलरिङ व्यवसाय र फोटो स्टुडियो विहान १० बजेदेखि २ बजेसम्म खुल्न पाउने छन् ।

यसअघि यी पसलहरु संचालनमा रोक लगाइएको थियो । प्रशासन, मालपोत र नापी वाहेकका अन्य कार्यालयहरुबाट नियमित सेवा प्रवाह हुने छ । अत्यावश्यक वाहेक अन्य सवारी संचालनमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment