Comments Add Comment

सप्तरीमा मेयरका काकाद्वारा सब-इन्जिनियरमाथि कुटपिट

११ असार, सप्तरी । सप्तरीमा कामै नगरी मूल्यांकन गराउन खोज्ने उपभोक्ता समितिका एक सदस्यले कर्मचारीलाई कुटपिट गरेका छन् ।

जिल्लाको खडक नगरपालिकाका सब-इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरिएको हो । नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेल काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्य अबुल हुसैनले झालाई कुटपिट गरेका छन् । कुटपिट गर्ने हुसैन नगरपालिकाका मेयर हेमायु हकका काका हुन् ।

झाले रु ३ लाख बजेटको माटो र ग्राभेलको काम स्टिमेट अनुसार नगरी बलजफ्ती मूल्यांकन गर्न भन्दा आफूले नमानेको बताए । मूल्यांकन गर्न नमान्दा हुसैनले आफूलाई कुटपिट गरेको उनले बताए ।

‘म आफ्नो कोठामा बसिरहेको थिएँ’ झा भन्छन्, ‘एक्कासी आएका हुसैनले मूल्यांकन गर्न भने । कामै नभएको मूल्यांकन गर्न मानिनँ । त्यसपछि उनले आफूलाई कोठाभित्रै हातपात गरे ।’ हुसैनले आफूलाई कुट्दै आफ्नो मोवाइल समेत खोसेको उनले बताए ।

हुसैनले भने झालाई कुटपिट नगरेको बताए । उनले मोवाइल भने नियन्त्रणमा लिएको बताए । ‘लिएको मोवाइल पनि फिर्ता गरिसकेको छु । कुटपिट गरेको छैन’ उनले भने ।

यसैबीच झामाथि कुटपिट गरेको विरोधमा कर्मचारीले शुक्रबार नगरपालिकाको कामकाज अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment