Comments Add Comment

निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओको बैठक बस्दै

१४ असार, काठमाडौं । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो ।

आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर-बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।

तर, थप खकुलो बनाए निषेधाज्ञ थप्ने विषयमा भने सहमति भैसकेको स्रोतको भनाइ छ । बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो ।

काठमाडौं उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

अहिले उपत्यकामा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर-बिजोर र व्यवसायलाई बारको आधारमा सञ्चालन गर्न दिइएको छ । मंगलबारदेखि थप खुकुलो बनाउने तयारी गरिएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment