Comments Add Comment

भारतमा दिइयो ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना खोप

१४ असार काठमाडौं । भारतमा अहिलेसम्म ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसहरुलाई लगाइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणको मामिलामा अमेरिकालाई पनि पछि पारेको बताएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म अमेरिकामा ३२ करोड ३३ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जार ट्वीटरमार्फत् अमेरिकालाई कोरोना खोप दिने मामिलामा पछि पार्नुलाई खोप वितरणमा कोशेढुङ्गा भएको बताएको छ ।
यद्यपि, व्यक्तिगत हिसाबमा भने कोरोना खोप दिने मामिलामा भारत धेरै पछाडि छ ।

अमेरिकामा अहिलेसम्म १५ करोड २० लाखभन्दा धेरैले कोरोनाको पूरा डोज खोप पाइसकेका छन् भने भारतमा अहिलेसम्म केवल पाँच करोड ४० लाख मानिसले कोरोनाको पूरा डोज खोप पाएका छन् ।

जनसंख्याको आधारमा हेर्ने हो भने अमेरिकाको समग्र जनसंख्या ३३ करोडको हाराहारीमा छ भने भारतको जनसंख्या एक अर्ब ३० करोडको हाराहारीमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ४६ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने संक्रमणको कारण ९७९ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या ३ करोड २ लाख ७९ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख ९६ हजार ७३० जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment