Comments Add Comment

कोकाकोलाले लकडाउनपछि व्यापार पुनः सुचारु गर्ने रिटेलर्सलाई सहयोग गर्दै

लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारु हुने क्रममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने भएको छ । यो पहल पछाडिको मूल उद्देश्य भनेको खाद्य र पेय क्षेत्रहरुलाई पहिलेको स्तरमा फर्काउन, कोभिड पश्चात् रिकभर हुन र फस्टाउन सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ ।

किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अर्डर सेवा सुरु गरेको जनाएको छ । जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँनेछ । यसको साथै खुद्रा विक्रेताहरुले ह्वाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने कम्पनीले जनाएको छ । यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने जनाइएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “गतवर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ ।”

कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नका लागि थप सावधानी अपनाएको छ । कोका–कोलाले हाइजिन र पीपीई किट वितरण गर्ने छ र हजारभन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने कम्पनीले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “कोका–कोलाले इकोनोमिक रिकभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी सानाव्यवसाय र शप अनर्सहरुको साथमा रहँदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment