+
+

उपत्यकाका फाँटमा असार १५ को ‘सेलिब्रेसन’

विकास श्रेष्ठ, चन्द्रबहादुर आले विकास श्रेष्ठ, चन्द्रबहादुर आले
२०७८ असार १५ गते १८:४०

१५ असार, काठमाडौं । आज असार १५ गते । सरकारले यो दिनलाई धेरै वर्षदेखि धान दिवसको रुपमा मनाउँदै आएको छ । यो दिन देशका धेरै ठाउँमा रोपाईं गर्नका लागि मौसम पनि अनुकूल हुन्छ । काठमाडौं उपत्यकामा त असार १५ गतेसम्म रोपाईं अन्तिम चरणमा पुगिसकेको हुन्छ ।

सरकारले धान दिवसको रुपमा मनाउने यो दिवस मन्त्री, सरकारी अधिकारी, नेता र शहरवासीमा रोपाईं ‘सेलिब्रेट’ गर्ने दिन बन्ने गरेको छ । उपत्यकाको छेउछाउमा रहेका फाँटहरुमा असार १५ मा नेता, मन्त्री र सरकारी अधिकारी खेत रोप्न पुग्छन् । सर्वसाधारणले पनि हिलो खेलेर रमाइलो गर्छन् ।

भक्तपरको नलिनचोकमा रहेको फाँटमा मंगलबार नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवाली रोपाईं गर्न पुगेका थिए । त्यस्तै कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री बसन्त नेम्वाङ खुमलटारमा खेत रोप्न पुगे ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?