१६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’
निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताए । देउवाले भने, ‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4