+
+
Shares

पूर्वराजा शाहले यस वर्षको जन्मदिनमा औपचारिक कार्यक्रम नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १८:३९

१६ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले कोरोना भाइरस संक्रमण र बाढी पहिरोले आम नागरिक पीडामा परेका कारण जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाएका छन् ।

शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

उनले मुलुकको राजनीतिले राज्य प्रणालीलाई नै अन्योलको अवस्थामा पु¥याएको बताएका छन् । ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?