+
+
Shares

दुई महिनापछि प्रसारणमा आउँदै ‘सक्किगोनी’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १७:१५

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय टेलिसिरियलहरूले आफ्नो नियमित प्रसारण सुरु गरेका छन् । निषेधाज्ञाले रोकिएका टेलिसिरियल ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् । हास्य टेलिसिरियल ‘सक्किगोनी’ बिहीबारदेखि प्रसारणमा आउँदैछ । निषेधाज्ञा सुरु भएसँगै छायांकन रोकिँदा दुई महिना टेलिसिरियलको प्रसारण रोकिएको थियो ।

बिहीबारदेखि नयाँ कथामा प्रसारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले जानकारी दिए ।

निषेधाज्ञा खुकुलो भएसँगै छायांकन गरेर नयाँ भाग प्रसारणमा ल्याउन लागिएको हो । ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ । कुमार र अर्जुन घिमिरेको लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथमा सागर लम्साल, हरि निरौला, दीपक आचार्य, कमलमणि नेपाल, गोविन्द कोइराला, रश्मी पाण्डे, प्रियाना आचार्य लगायतको अभिनय रहँदै आएको छ ।

टेलिसिरियललाई दर्शकले रुचाउँदै आएका छन् । निषेधाज्ञाले प्रसारण रोकिँदा दर्शकमा पर्न गएको असुविधाप्रति ‘सक्किगोनी’ टिमले क्षमा माग्दै आगामी दिनमा सल्लाह, सुझाव र मायाको अपेक्षा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?