+
+

दक्षिण कोरिया र चीनमा समेत नियमित हवाई उडान तालिका तय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते २०:१२

१७ असार, काठमाडौं । कासरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा समेत उडान तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालेको थिएन ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको हो । चीनमा भने चेन्दु र ग्वाङझाउमा उडान हुने भएको छ ।

छेन्दुबाट एयर चाइनाको जहाज हरेक आइतबार काठमाडौं आउने भएको छ । चाइना साउदर्नले ग्वाङझाउमा प्रत्येक साताको मंगलबार उडान गर्ने अनुमति पाएको छ ।

यससँगै अब नेपालमा प्रत्येक साता २४ उडान हुने भएको छ । यो तालिका जुलाई महिनाभरका लागि हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?