Comments Add Comment

११ वर्षकी बालिकाले बच्चा जन्माएपछि…

हालै बेलायतमा एउटा यस्तो घटना भएको छ, जुन विश्वव्यापी चर्चाको विषय बनिरहेको छ । ११ वर्षकी एक बेलायती बालिकाले बच्चा जन्माएकी छिन् ।

यति सानो उमेरमै आमा बन्नु वास्तवमै आश्चर्यजनक र अपत्यारिलो घटना हो । यति सानो उमेरमा आमा बन्नका लागि आवश्यक पर्ने सरीरका कैयन् अंगहरु पूर्ण रुपमा विकशित भैसकेका पनि हुँदैनन् आम महिलामा । तर ती बालिका भने १० वर्षकै उमेरमा गर्भवती भइन् र ११ वर्षकी हुँदा छोरी जन्माइन् । जम्मा ३० हप्ताको गर्भधारण पश्चात् उनले बच्चा जन्माएकी हुन् । अहिले आमा र बच्चा दुबै स्वस्थ रहेको बताइएको छ ।

आफ्नी १० वर्षकी छोरी गर्भवती भएको कुरा थाहा पाउँदा बुवा आमालाई कस्तो होला ? कल्पना गर्न पनि गाह्रो छ । ती बेलायती दम्पत्तीलाई पनि यो घटना ठूलो झट्का बन्यो । आफ्नी बच्ची कसका कारणले गर्भवती भएर बच्चा जन्माइन् भन्ने केहीपनि थाहा छैन । अहिले उक्त घटनाको सरकारी अधिकारीहरुले अनुसन्धान गरिरहेको बताइएको छ ।

अहिले ती सुत्केरी बालिका र उनकी नवजात शिशु डाक्टर तथा विज्ञहरुबाट घेरिएका छन् र आवश्यक सबै सहयोग प्राप्त गरिररहेका छन् । उनी यसरी गर्भवती बन्नुको कारण कसैले पनि थाहा नपाउनु चाहीँ आश्चर्यको कुरा भएको अधिकारीहरुको भनाई छ ।

११ वर्षकै उमेरमा आमा बनेकी ती बालिकाको नाम खुलाइएको छैन । तथापि उनी बेलायतकै सबैभन्दा कम उमेरकी आमा बनेकी छिन् । यसअघि सन् २००६ मा बेलायतमै एक १२ वर्षकी बालिकाले बच्चा जन्माएकी थिइन् ।

सन् २०१४ मा चाँही १२ वर्षकी आमा र १३ वर्षका बुवाबाट बच्चाको जन्म भएको थियो बेलायतमै । उनीहरु सबैभन्दा कम उमेरका बेलायती आमाबुवा बनेका थिए ।

त्यस्तै सन् २०१७ मा बेलायतमै एक ११ वर्षकी बालिका गर्भवती भएको समाचार आएपनि पछि त्यसको विस्तृत विवरण सार्वजनिक भएन ।

बेलायती पत्रिका द सनका अनुसार बेलायतमा महिलाहरुमा महिनावारी सुरु हुने औषत उमेर ११ वर्ष हो । तर ८ देखि १४ वर्षको उमेर भित्रमा जुनसुकै बेला पनि हुन सक्दछ ।

महिनावारी सुरु हुने कुरालाई बालिका तथा किशोरीहरुको सरीरको तौलले प्रभाव पार्दछ । पछिल्लो समयमा बालबालिकाहरुको सरीरको तौल बढि हुँदै गएको हुँदा उनीहरुको महिनावारी सुरु हुने उमेर पनि अगाडि सर्दै गएको विज्ञको भनाई छ । द सनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment