+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

गोरखाको सिरानचोकमा बाख्रा पैंचो कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते १८:३९

१९ असार, गोरखा । सिरानचोक गाउँपालिकाले ‘बाख्रा पैँचो कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बाख्राको पकेट क्षेत्र बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको हो ।

आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरिएको पशु शाखा प्रमुख युवराज न्यौपानेले बताए ।

कार्यक्रम अन्तरर्गत वडास्तरमा समूह गठन गरेर बाख्रा वितरण गरिने छ । ‘समूहका प्रत्येक सदस्यलाई दुई÷दुई वटा माउ बाख्रा दिन्छौं,’ न्यौपाने भन्छन्, ‘त्यो बाख्रा पालेर एक बर्ष भित्रमा उहाँहरुले अर्काे समूहको सदस्यलाई एउटा पाठी अनिवार्य दिनुपर्ने हुन्छ ।’

एउटा वडामा एकदेखि पाँच वटासम्म समूह गठन हुन सक्ने उनले बताए । न्यौपानेका अनुसार घाँस र चरन क्षेत्र राम्रो भएको ठाउँलाई प्राथमिकतामा राखेर बाख्रा वितरण गरिने छ । ३० वटा बाख्रा बराबर एउटा बोका पनि वितरण गरिने उनले जानकारी दिए ।

पहिलो बर्ष खरी जातको एक सय बाख्रा निशुल्क वितरण गर्ने गाउँपालिकाको छ । कार्यक्रमका लागी आगामी आव करिव १२ लाख रकम छुट्याइएको न्यौपाने बताउँछन् ।

‘तीन बर्षसम्म यो कार्यक्रमलाई निरन्तरता दिने भनेका छौं, प्रत्येक बर्ष रकम विनियोजन हुन्छ,’ उनले भने । दलित, असहाय, एकल महिला तथा विपन्न घरपरिवारलाई लक्षित गरी बाख्रा वितरण गरिने उनले जानकारी दिए ।

बाख्रासँगै घाँस, औषधी, घाँस काट्ने मेसिन लगायतका सामग्रीहरु पनि निशुल्क वितरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?