Comments Add Comment

पर्सामा महामारीजन्य रोगको निगरानी गर्न समुदायस्तरमा समिति गठन गरिने

१९ असार, वीरगञ्ज । पर्साका पालिकाहरुमा महामारीजन्य रोगहरुको निगरानी तथा रोकथाम गर्न समुदायस्तरमा समेत समिति गठन गरिने भएको छ । समुदायस्तरमा गठन गरिने समितिलाई कम्युनिटी ¥यापिड रेसपोन्स टिम (सीआरआरटी) नाम दिइएको छ ।

यस्ता टिमले औषधी, स्वास्थ्य सामग्री वितरण, सरसफाइ र शुद्ध खानेपानी उपभोगका बारेमा गाउँघरमा सचेतना जगाउने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

नारायणी अस्पतालमा शनिबार महामारीजन्य रोगहरुको रोकथाम तथा निगरानीका लागि सरोकारवालाबीच अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले सम्भावित महामारीको पूर्वानुमान गरेर त्यसविरुद्ध लड्न आवश्यक तयारी गर्ने निर्णय गरेका छन् ।

कोरोना महामारीबाट थोरै राहत मिलेपनि जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अपनाउनुपर्ने, वर्षामा पानी जन्य रोगको संक्रमण बढ्ने र महामारीको रुप लिन सक्नेमा सचेत हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले समुदायस्तरको ¥यापिड रेस्पोन्स टिम गठन गरेर सक्रिय बनाउनुपर्ने बताए । नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. उदयनारायण सिंहले वर्षायाममा मलेरिया, डेंगु, डायरिया, फुड पोइजनका समस्याले महामारीको रुप लिन सक्नेमा सचेत हुनुपर्ने बताए ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अतुलेश चौरसिया जनसंख्याको आधारमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नहुँदा महामारीसँग लड्न समस्या हुने गरेको बताए । ‘वीरगञ्जमा जनसंख्या बढ्यो, तर नारायणी अस्पतालको क्षमता बढेको छैन, पूर्वाधार र जनशक्ति पुरानै छ’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment