Comments Add Comment

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा

२० असार, काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।

अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गरेका थिए ।

४२औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । योकि माहलेको पासमा डोलबर्गले गोल गरेका हुन् । जारी युरोकपमा डलबर्गको यो तेस्रो गोल हो ।

पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउन थाल्यो । र ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले गोल गरे । उनले भ्लादिमिर काउफलको पासमा गोल गरेका थिए ।

यस गोलपछि सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गरेका छन् । रोनाल्डोले एक असिस्टसमेत गरेकोले रोनाल्डोले गोल्डेन बुट होडमा अगाडि छन् ।
त्यसपछि भने खेलमा गोल हुन सकेन र

डेनमार्क सन् १९९२ मा उपाधि जितेपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । डेनमार्कले अब फाइनल पुग्न इंग्ल्यासँग खेल्नेछ । इंग्याल्ड पनि शनिबार राति नै युक्रेनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment