Comments Add Comment

रेसुङ्गाका दुई वडा जोड्न झोलुङ्गे पुल निर्माण

२० असार, गुल्मी । रेसुङ्गा नगरपालिकाका दुईवटा वडालाई जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । वडानम्बर-७ र वडानम्बर-९ लाई जोड्न पुल निर्माण गरिएको हो ।

वडानम्बर ७ को भुजलखर्क र वडानम्बर ९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न घुमारो बाटो हिडनुपर्ने भएपछि दुई गाउँलाई झोलुङ्ले पुलले जोडिएको हो ।

झोलुङ्गे पुल बनेेपछि स्थानीयवासी खुसी छन् । अब नगरपालिका जान र वडा-वडा बीच पनि वारिपारि गर्न घुमाउरो बाटो हिँड्नु पर्ेन बाध्यता नरहेको स्थानीयवासी भुने सुनारले बताए ।

कुल ५० लाख ६६ हजार ७७ रुपैयाँमा निर्माण सम्पन्न भएको पुलका लागि सामाजिक तथा प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको हो ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्र्तगत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत श्रमदानमार्फत पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि हेल्मेटार नेपाल (टीभीएसयू)ले लठ्ठा सहयोग गरेको छ ।

पुलको लम्बाई ११८ मिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment