 
																			२० असार, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)को स्वास्थ्यमा सुधार आएको छ ।
एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् ।
उनकी छोरी नामोती नेम्वाङका अनुसार हाल बैरागी काइँलालाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ ।
यसअघि उनको शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न सकेको थिएन ।
काइँलाको उपचारमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा. कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरु सहितको टोली संलग्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4