Comments Add Comment

डाबरले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस

डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्‍याउनको लागिनयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ । जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरी नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

डाबर नेपालका प्रमुख  एच.एस. बेदीले प्रेस विज्ञप्तिमा भने,’ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ ।’

रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवर्द्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ ।

रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यतिमात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।

‘अहिलेको यो कोभिड-१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन्,’ डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले भने ।

प्रोडक्ट डेभलप्मेन्टको दौरानमागरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए’उनले थप भने ।

यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य रु. ३० र १ लिटर प्याकको मूल्य रु. २५० कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment