Comments Add Comment

नेता कार्यकर्ता नछुटेकोमा विप्लव समूह असन्तुष्ट

तस्वीरः चन्द्रबहादुर आले मगर/अनलाइनखबर

२० असार, काठमाडौं । नेकपा विप्लव समूहले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ । सहमतिअनुसार केही नेता कार्यकर्ता छुटे पनि अझै थुप्रै कार्यकर्ता छुट्न बाँकी छन् ।

समूहका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओलीलाई भेटेर तत्काल कार्यकर्ता रिहाइको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराइएको बताए । आइतबार पत्रकार सम्मेलन गरेर प्रकाण्डले भने, ‘तीन बुँदे समझदारीमा उल्लेखित विषयलाई १० दिनभित्र पूरा गर्न भनेका छौं ।’

प्रधानमन्त्री ओली पनि यसमा सकरात्मक रहेको उनले बताए । प्रकाण्डले भने, ‘प्रधानमन्त्रीले यस सम्बन्धि कार्यको सहजिकरण गर्न परराष्ट्र सल्लाहकार एवं वार्ता समितिका सदस्य राजन भट्टराईलाई निर्देशन दिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment