
२२ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) नियुक्त भएका छन् ।
नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाश प्राप्त हुन् । अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् ।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन् ।
मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4