Comments Add Comment

विन्डोज कम्प्युटरमा भेटियो गम्भीर सुरक्षा खतरा, तत्कालै अपडेट गर्न माइक्रोसफ्टको अनुरोध

माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई आफ्नो कम्प्युटरमा तत्कालै सेक्योरिटी अपडेट इन्स्टल गर्न आग्रह गरेको छ ।

अनुसन्धानकर्ताहरुले विन्डोज अपरेटिङ सिस्टममा गम्भीर खाले साइबर हमलाको खतरा पत्ता लगाएसँगै माइक्रोसफ्टले प्रयोगकर्ताहरुको सुरक्षाका लागि यस्तो अनुरोध गरेको हो ।

PrintNIghtmare नामक उक्त सुरक्षा खतराले विन्डोज प्रिन्ट स्पूलर सर्भिसलाई असर गर्दछ । साइबर सेक्योरिटी कम्पनी क्बलनायच का शोधकर्ताहरुले उक्त सुरक्षा त्रुटिको कसरी दुरुपयोग हुन्छ ? भन्ने देखाइदिएका छन् ।

गत मे महिनामा शोधकर्ताहरुले धेरै प्रयोगकर्तालाई एउटै पि्रन्टरमा एक्सेस दिने पि्रन्ट स्पूलर फिचरमा उक्त खतरा पत्ता लगाएको विषय ट्वीट गरेका थिए ।

उनीहरुले भुलवस उक्त ट्वीट गरेका र तत्कालै त्यसलाई डिलिट गरेका भए पनि डेभलपर साइड गिटहब लगायतले त्यसको स्त्रिmनसट लिन सफल भएका थिए ।

माइक्रोसफ्टका अनुसार पि्रन्ट स्पुलरमा रहेको यो सुरक्षा खतराको ह्याकरहरुले दुरुपयोग गर्नसक्ने खतरा छ । त्यसका लागि ह्याकरहरुले प्रोग्राम इन्स्टल गर्ने, डाटाहरु हेर्ने र डिलिट गर्ने तथा पूर्ण युजर राइटसहिट नयाँ एकाउन्टसमेत खोल्न सक्दछन् । यसले ह्याकरहरुलाई प्रयोगकर्ताको कम्प्युटरमाथि नियन्त्रण प्रदान गर्दछ ।

पछिल्लो सुरक्षा खतराबाट विन्डोज १० मात्र नभएर माइक्रोसफ्टले गत वर्ष नै अपडेट सपोर्ट बन्द गरिसकेको विन्डोज ७ पनि प्रभावित देखिएको छ ।

जसका कारण माइक्रोसफ्टले विन्डोज ७ का लागि समेत हाल सेक्योरिटी अपडेट उपलब्ध गराएको छ । विन्डोज सर्भर २०१६, विन्डोज १०, भर्सन १६०७ तथा विन्डोज सर्भर २०१२ का लागि छिटै नै अपडेट उपलब्ध हुने बताइएको छ ।

कम्पनीले उपलब्ध गराउने अपडेटहरु तत्कालै इन्स्टल गर्न माइक्रोसफ्टले अनुरोध गरेको छ । खुसीको कुरा माइक्रोसफ्टले पिन्ट स्पूलरको जोखिम हटाउनका लागि जारी गर्ने नयाँ सेक्योरिटी अपडेटले यसअघि सेक्योरिटी समस्याहरुको पनि एकसाथ समाधान गर्ने बताइएको छ ।

स्मरण रहोस् बेटा भर्सनमा कतिपय प्रयोगकर्ताका लागि उपलब्ध भैसकेको र निकट भविष्यमै आम प्रयोगकर्ताका लागि उपलब्ध हुने विन्डोज ११ का लागि भने माइक्रोसफ्टले कुनै अपडेट प्याच रिलिज गरिसकेको छैन । विन्डोज १० हाल विश्वका १ अर्ब ३० करोड कम्प्युटरमा चलिरहेको छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment