आर्टिफिसियल इन्टेलिजेन्स मोडल विकास गर्न तथा एआई तथा क्लाउडमा आधारित अनुसन्धान डाटा सेन्टर निर्माणमा यसवर्ष करिब ८० अर्ब डलर अर्थात् करिब १०९ खर्ब रुपैयाँ लगानी गर्ने माइक्रोसफ्टले घोषणा गरेको छ । शुक्रबार एक ब्लग पोस्टमार्फत् माइक्रोसफ्टले यस्तो जानकारी गराएको हो ।
एआईमा बढ्दो लगानी
सन् २०२२ मा ओपन एआईले च्याट जिपिटी लञ्च गरेपश्चात् आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानीमा व्यापक वृद्धि भएको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुमा एआईलाई एकीकृत गर्ने प्रयास गरिरहेका छन् ।
एआईको लागि अत्यधिक कम्प्युटिङ क्षमताको आवश्यकता पर्दछ । जसले गर्दा त्यस्ता विशेष डेटा सेन्टरहरुको माग बढिरहेको छ जुन हजारौं चिपहरूलाई एकसाथ जोडेर क्लस्टर बनाउनमा सक्षम हुन्छ । माइक्रोसफ्टले आफ्नो एआई संरचनालाई मजबुत बनाउन तथा आफ्नो डेटा सेन्टर सञ्जाललाई व्यापक बनाउनका लागि पहिलेदेखि नै अर्बौं डलर लगानी गरिसकेको छ ।
वित्तीय अनुमान तथा खर्च
भिजिबल अल्फाका अनुसार माइक्रोसफ्टको वित्तीय वर्ष सन् २०२५ को पुँजीगत खर्च८४ अर्ब २४ करोड डलर पुग्ने अनुमान छ । वित्तीय वर्षको पहिलो त्रैमासिकमा कम्पनीको पुँजीगत व्ययमा ५.३ प्रतिशतले वृद्धि भएको छ, जुन २० अर्ब डलर रहेको छ । अमेरिकामा वित्तीय वर्ष सन् २०२५ को पहिलो त्रैमासिक गत अक्टोबर १ मा सुरु भएर डिसेम्बर ३१ मा सकिएको छ ।
प्रतिक्रिया 4