Comments Add Comment

जेनी कुँवरलाई अन्तिम श्रद्धाञ्जली…

बिहिबार बेलुकी आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी नायिका तथा निर्मात्री जेनी कुँवरको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । दाहासंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि चलचित्र क्षेत्रका विभिन्न कलाकार, प्राविधिक, निर्माता, निर्देशकहरु पुगेका थिए ।

चलचित्र कलाकार संघका वरिष्ठ सल्लाहाकार मोहन निरौलाले जेनी कुँवरको निधन हुँदा चलचित्र क्षेत्रलाई क्षती पुगेको बताए । नेपाली चलचित्र क्षेत्रमा दर्जन बढी चलचित्रमा अभिनय गरेकी जेनीले ३ वटा चलचित्रको निर्माण समेत गरेकी थिइन् । उनका २ छोरी र श्रीमान् छन् । २ छोरी अमेरिकामा र अष्ट्रेलियामा रहेका छन् ।

जेनीले अभिनय गरेको ‘घायल, हलचल, मिस्टर डन, जीवनदाता, हाम्रो मिलन कहिले हुन्छ’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् । जेनी विगत एक बर्षदेखि डिप्रेशनमा रहेको वुझिएको छ । जेनी काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिइन् । उनी, विगत केही बर्षदेखि अध्यात्ममा पनि लागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment