+
+

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन स्रष्टाहरू सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते २१:१०

२५ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनिमियता तथा भ्रष्टाचार शुद्धिकरण हुनुपर्ने माग गर्दै स्रष्टाहरू सडकमा उत्रिएका हुन् ।

शुक्रबार ४ बजे भद्रकाली मन्दिरपछाडि नागरिक अभियन्ताहरूसँगै कवि, लेखकहरूले प्रदर्शन गरे । उनीहरूले स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका सबै प्रकारका बेथिति अन्त्यको लागि २५ दिनदेखि सडक प्रदर्शन जारी राखेका छन् ।

‘हाम्रो प्रतिष्ठान, हामी जोगाउँछौं’, ‘सेभ बीपी केआइएचएस’, ‘कोभिड संक्रमण बढ्दैछ, राज्य के गर्दैछ’ लेखेका ब्यानर बोकेर आधि घण्टा भद्रकालीको सडकमा उभिएर आन्दोलन गरिएको थियो ।

आन्दोलनको विशेष प्रस्तुति स्वरूप आयोजना गरिएको कविता वाचन कार्यक्रममा कवि केशव सिलवाल, बिना थिङ र स्वप्निल स्मृतिले राज्य आतंकविरूद्धका कविता सुनाए ।

सञ्जीव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौला, अनुभव अजित, विमल अर्याललगायत नागरिक आन्दोलनका अभियन्ताहरू निरन्तर स्वास्थ्य क्षेत्रको शुद्धिकरणका लागि प्रदर्शनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?