+
+
Shares

पाल्पामा पहिरोमा परेर घाइते महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १३:२६

२६ असार, बुटवल । पाल्पामा तीन दिनअघि पहिरोले पुरिएर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–५ गिट्टीखानीकी ७५ वर्षीया सुन्दरी गुरुङको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

यसअघि पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको मृत्यु भएको थियो । बिहीबार बिहान ४ बजे माथिबाट झरेको पहिरोले पुरिएर तिनाउ गाउँपालिका–५ गिट्टीखानीका ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?