Comments Add Comment

थप १८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

२७ असार काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५५३ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६३, कास्कीमा १५२, ललितपुरमा ९७, झापामा ८५, चितवनमा ८३, कैलालीमा ७२, मोरङमा ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नुवाकोटमा ४२, काभ्रेपलाञ्चोक र रुपन्देहीमा ३४/३४ जना, भक्तपुरमा ३१, सुनसरीमा २८, गोरखामा २१, कञ्‍चनपुरमा १७, नवलपरासी पुर्वमा १६, रसुवामा १३, धादिङ, अर्घाखाँची र बाँकेमा ११/११ जना र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment