+
+
Shares

माधव नेपाललाई भेटेर फर्किए घनश्याम भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १८:०६

२७ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य घनश्याम भुसालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा कार्यदलको छलफल भइरहेका बेला नेता नेपालसँग छलफल गर्न भुसाल कोटेश्वर पुगेका थिए ।

कार्यदलको बैठक विहानदेखि चलिरहेको छ । नेता नेपालसँग कुराकानी गरेर भूसाल फर्किए पछि पनि कार्यदलको बैठक चलिरहेको छ ।

कार्यदलको बैठक नसकिए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक बस्न सकेको छैन । अध्यक्ष ओलीले दिउँसो चार बजे स्थायी कमिटी बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?