+
+
Shares

अनशनबाट सोनम वाङचुकले भने- म जसरी पनि २० जुलाईसम्म जीवित रहनेछु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १२:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यावरण कार्यकर्ता सोनम वाङचुकले दिल्लीमा जारी अनशनको २०औँ दिनमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफू भित्रबाट निकै बलियो रहेको बताएका छन् ।
  • वाङचुकले आगामी २० जुलाईमा शान्तिपूर्ण रूपमा संसद् भवनसम्म मार्च निकाल्ने घोषणा गर्दै आफू सो मितिसम्म जसरी पनि जीवित रहने दृढता व्यक्त गरेका छन् ।
  • उनले भने, 'यदि तपाईंहरू आउनुभएन र २० जुलाई सफल भएन भने म भूत बनेर फिर्ता आउनेछु' भन्दै समर्थकहरूलाई आन्दोलनमा साथ दिन आग्रह गरेका छन् ।

जन्तर मन्तरमा अनशन गरिरहेका पर्यावरण कार्यकर्ता सोनम वाङचुकले आफ्नो अनशनको २०औं दिनमा आफ्ना समर्थक एवं शुभचिन्तकहरूलाई सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा वाङ्‍चुकले आफू बाहिरबाट जतिसुकै कमजोर भए पनि भित्रबाट धेरै बलियो भएको बताएका छन् ।

सोनम वाङचुकले भने, ‘म बाहिरबाट जतिसुकै कमजोर भए पनि भित्रबाट धेरै बलियो छु। मलाई आशा छ तपाईंहरू पनि भित्र र बाहिर दुवै तर्फबाट धेरै बलियो हुनुहुन्छ। हामीलाई यो दृढता २० जुलाईसम्म चाहिन्छ। जब धेरै शान्तिपूर्ण तरिकाले संसद्‍सम्म मार्च निकाल्नेछौं ।’

२० जुलाईसम्म आफू जीवित रहने भन्दै उनले २० जुलाई सफल भएन भने भूत बनेर फिर्ता आउने बताएका छन् ।

उनले अगाडि भने, ‘म जसरी पनि २० जुलाईसम्म जीवित रहनेछु। यदि तपाईंहरू आउनुभएन र २० जुलाई सफल भएन भने म भुत बनेर फिर्ता आउनेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?