+
+

स्मार्टवाचको बिक्रीमा उच्च वृद्धि, एप्पल वाचको पकड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १३:३१

चालु वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा विश्वमा स्मार्ट घडीको बिक्रीमा ३५ प्रतिशतको बढोत्तरी भएको छ ।

काउन्टरप्वाइन्टको एक रिपोर्ट अनुसार गत जनवरीदेखि मार्चसम्मको त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्टवाचमध्ये एक तिहाइ चाहिं एप्पलको स्मार्टवाच रहेका छन् ।

नयाँ संस्करणको सिरिज ६ मोडेलको एप्पल वाचको लोकप्रियतासँगै एप्पलले स्मार्टवाचको बजारमा एक तिहाइ हिस्सा कब्जा गर्न सफल भएको काउन्टरप्वाइन्टले उल्लेख गरेको छ ।

वाच एसइदेखि सिरिज सिक्ससम्मका विविध एप्पल वाचको उपलब्धताका कारण एप्पलले स्मार्टवाचको बजारमा आफ्नो अग्रणी अवस्थालाई मजबुत बनाएको रिपोर्टमा उल्लेख छ ।

गत वर्ष सन् २०२० को पहिलो त्रैमासिकमा स्मार्टवाच बजारमा एप्पलको हिस्सा ३१ प्रतिशत थियो जुन अहिले ३४ प्रतिशत पुगेको छ ।

त्यस्तै ग्यालेक्सी वाच थ्री र ग्यालेक्सी वाच एक्टिभ सिरिजको लोकप्रियताका कारण यस अवधिमा सामसुङको बिक्रीमा पनि २७ प्रतिशतले बढोत्तरी भएको छ ।

जबकि हुवावेको बजार हिस्सा भने खस्किँदै गएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?