Comments Add Comment

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने

फाइल तस्वीर

२९ असार, काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् ।

नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए । ‘यो पटक हामीले लामो समय तयारी गरेका छौं, लगानी गरेका छौं,’ उनले भने, आशा छ यस पटक राम्रो प्रदर्शन हुनेछ ।’

जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment