+
+
Shares

प्रदेश २ का खानेपानी मन्त्रीको गुनासो- मन्त्रालयलाई कोठा समेत छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते २०:१६

२९ असार, वीरगञ्ज । प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले अहिलेसम्म मन्त्रालयका लागि कोठा समेत नदिइएको गुनासो गरेका छन् । अर्कै मन्त्रालयको कोठा र भाडाको गाडी चढेर हिंडिरहेको उनले बताए ।

आफ्नो स्वागत तथा सम्मानमा मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा मन्त्री शर्माले आफूले केही गरेर देखाउने सोच राखेर आएको बताए ।

‘३५ करोडको बजेट छ, आठवटै जिल्लामा काम गर्नुपर्छ,  खानेपानी नपुगेको ठाउँमा ओभरहेड  ट्यांकी बनाएर पानी दिने प्राथमिकतामा राखेको छु । त्यसका लागि आत्मराम ओझाको नाममा नोजल परियोजना राखेको छु,’ उनले भने ।

उनले अमलेखगञ्जका नागरिकलाई जसरी पनि खानेपानीको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । यस्तै प्रदेश सरकारले ल्याएको दमकल र बस राख्दाराख्दै बिग्रन लागेको भन्दै उनले वीरगञ्ज पथलैया औद्योगिक करिडोरका लागि दमकल माग गर्न र वीरगञ्ज टु सिमरा बस चलाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?