Comments Add Comment

सिताराम डेरीको पनिर, बटर फ्रेस मिल्क, दही र लस्सी बजारमा

सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध उत्पादन र बिक्री बितरणको २५ बर्ष पुगेको अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।

सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाण्डौंको उत्पादन कारखाना किर्तीपुरको दुधपोखरीमा रहेको छ ।

सिताराम दु्ध आम नेपालीहरुले बिगत २५ बर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सिताराम गोकुल मिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सितारम दुध, सितारम घिउ, पनीर बटर,र चिनी सहित र चिनीरहितको दही, सितारम फ्रेश मिल्क तथा लस्स्सी बजारमा बिक्री बितरणमा ल्याएको छ ।

एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सिताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । ‘हामीले आम ग्राहक महानुभावको सल्लाह र सुझाव बमोजिम सितारामका उत्पादनहरु बजारमा ल्याएका छौं र आम सर्बसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोर जस्तै भाटभटेनी , बिगमार्ट लगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ भने सितारम डेरीको आफनै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्नुहुनेछ, उनले भने ।

‘सितारमा दुध जहिले पनि आफनो गुणस्तर र आम ग्राहकहरुको स्वास्थप्रति संवेदनशील रहेको छ र यस डेरीबाट उत्पादन हुने दुध तथा दुग्धजन्य पर्दाथ सेवन ढुक्क्का साथ गर्न सबैमा अनुरोध गर्दछु,’ केडियाले भने ।

सिताराम गोकुल मिल्कस्को बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेश मिल्क तथा लसी रहेका छन् दही आधा तथा एक लिटर चिनीरहित र चिनी सहितको एवं लस्सी समेत एक तथा आधा लिटरमा उपलब्घ रहेको छ भने पनीर २०० ग्रामदेखि १ केजीसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध रहेको छ यसको साथसाथै सिताराम घ्यु १ तथा आभा लिटरमा एवं सितारमा फ्रेश मिल्क २०० एमएलको बोत्तलमा बजारमा बिक्री भइरहेका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment