Comments Add Comment

जल ऊर्जाको अधिकतम उपयोग गरी पेट्रोलियम आयातलाई कम गरौं : मन्त्री भुसाल

१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशबाट उत्पादित जल ऊर्जाको अधिकतम उपयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई कम गर्नुपर्ने बताएकी छन् । शुक्रबार विद्युत विकास विभागको २८औं वार्षिकोत्सव समारोहमा मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्प जल ऊर्जा नै भएको बताइन् ।

निजी  क्षेत्रले  बनाउने जलविद्युत संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर लाभ लिन सक्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको स्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

निजी क्षेत्रले निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्न नहुने मन्त्री भुसालले बताइन् । ऊर्जामा लगानी अन्य क्षेत्रको भन्दा सुरक्षित लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिन समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment