Comments Add Comment

मेरा श्रीमान भलाद्मी थिए, तैपनि उनले मलाई ‘बलात्कार’ गरे

मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो एक यस्तो मुद्दा हो, जुन इजिप्टमा विरलै चर्चा गरिन्छ ।

३४ बर्षिय सफाको सुहागरातमा उनका श्रीमानले उनीसँग बलात्कार गरे । यस यौन हिंसामा उनको गुप्ताङ्ग, नारी र अनुहारमा चोट लाग्यो । उनी भन्छिन्, ‘मेरो पिरियड चलिरहेको थियो र म सेक्सका लागि तयार थिइन । मेरो हाथ बाधियो, मेरो मुख दबाइयो र बलात्कार गरियो ।’

सामाजिक बदनामीको डरले साफाले आफ्नो श्रीमानको विरुद्ध उजुरी गरिनन् ।

मिश्रको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलालाई नै दोष दिने संस्कृति छ । सफाका लागि बदलावको समय तब आयो जब उनले रमजानको महिनामा टेलिभिजनमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलका एउटा दृश्य देखिन् । त्यसमा एक श्रीमानले आफ्नी श्रीमतीसँग बलात्कार गरेको देखाइएको छ ।

यस दृश्य देखेर केही महिलाले दुःखलाग्दो विगत सम्झिए । यसले उनीहरुलाई शोसल मिडियामा खुलेर कुराकानी गर्न र आफ्नो अनुभव साझेदार गर्ने मौका पनि दियो ।

केही हप्ताभित्र सैयौं महिलाले सोशल मिडियामा आफुमाथि भएको अत्याचारको बारेमा लेखे । फेसबुकमा स्पीक अपको नामबाट बनाइएको एक पेजमा सात सय बढी महिलाले आफ्नो पीडा पोखेका छन् ।

यसमा २७ बर्षकी साना पनि थिइन् ।

‘उनी मेरा लागि एक भलाद्मी पुरुष थिए । विवाहको एक वर्षपछि म गर्भवती भएँ र म बच्चा जन्माउनेवाला थिएँ ।’

एक प्रचलित सामाजिक दुष्टता

साना लेख्छन्, ‘एक मामुली कुरामा हाम्रो झगडा भयो र उनले तय गरे कि मलाई सजाय दिने । उनले मसँग जबरजस्ती गरे र बलात्कार गरे । मेरो गर्भ तुहियो ।’

सानाले सम्बन्ध विच्छेदको लडाई एक्लै लडिन् । अब उनी आफ्नो श्रीमानसँग अलग छिन् । अहिले पनि उनलाई आफ्नो बच्चाको यादले रुवाउँछ ।

मिश्रका केही क्षेत्रमा श्रीमतीसँग जबरजस्ती यौन सम्पर्क राख्न, खासगरी सहागरातको दिन, एक प्रचलित सामाजिक दुष्टता छ । अहिले यही मुद्दा सतहमा आएको छ र बहसको विषय बनेको छ । एक चर्चित गायकका पूर्व पत्नीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरेपछि यो मुद्धा छेडिएको हो ।

उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कथा सुनाएकी छिन् । त्यो  भिडियो मिश्रममा भाइरल भएको छ । त्यसलाई केही संचार माध्यामले प्रकासित, प्रसारण पनि गरे ।

श्रीमानले यसको जवाफ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै सबै आरोप आधारहीन भएको तर्क गरेका छन् । उनकी श्रीमतीले यस अपराध घोषित गर्नका लागि कानुनी परिवर्तनको माग गरेकी छिन् ।

यौन उत्पिडनको सिलसिला 

मिश्रको सरकारी संस्था नेशनल काउन्सिल फर वुमनका अनुसार वैवाहिक जीवनमा बलात्कार, जबरजस्ती सेक्स, र यौन उत्पीडनको वर्षेनी औसत ६५०० घटना बाहिर आउँछ ।

महिला अधिकारका लागि कार्यरत रेदा दानबूकी भन्छिन्, ‘मिश्रमा महिलालाई सेक्साका लागि चौबिसै घण्टा उपलब्ध गराउनु सामान्य संस्कृति हो । वैवाहिक बलात्कारका लागि यही धारणा जिम्मेवार छ ।’

उनका अनुसार मिश्रमा आम धार्मिक मान्यता यो छ कि यदि कोही महिला आफ्ना श्रीमानसँग यौन सम्बन्ध बनाउन अस्विकार गर्छन् भने त्यसलाई पाप गरेको भनिन्छ । यस मुद्दामाथि भएको वहस समाधान गर्नका लागि मिश्रमा धार्मिक विषयको सर्वोच्व संस्था दारउल इफ्ताले भनेका छन्, ‘यदि कोही पुरुष आफ्ना पत्नीलाई आफुसँग सेक्स गर्न बाध्य तुल्याउँछ र यौनहिंसा गर्छ भने त्यस विरुद्ध महिलाले अदालतमा जान सक्छिन् ।’

दानाबूकी भन्छन्, ‘वुमन सेन्टर फर गाइडनेन्स एन्ड लीगल अवरनेसले पछिल्लो दुई बर्षमा वैवाहिक जीवनमा बलात्कारका दुई सय मुद्धा दर्ता गरेको छ, जसमा अधिकतम सुहागरातको दिन भएको छ । यसको कारण यौनप्रति डर थियो ।’

मिश्रको कानुन अनुसार वैवाहिक बलात्कार अपराध होइन । विश्व स्वास्थ्य संगठनले यसलाई यौन हिंसाको एक रुप मानेको छ । अदालतमा यस अपराधलाई सावित गर्न भने मुस्किल छ ।

मिश्रमा वैवाहिक बलात्ककार धेरैजसो मुद्दा अदालतमा पुग्छ तर कारबाही हुँदैन । यसको कारण मिश्रको दन्ड विधानको धारा ६० हो । यस अनुसार ‘दन्ड संहिता त्यस सन्दर्भमा लागु हुँदैन जो राम्रो नियतले गरिएको हुन्छ ।’

तर, दानाबूकी भन्छन् कि महिलाको शारीरिक परीक्षणबाट वैवाहिक बलात्कार सावित गर्न सकिन्छ ।

मिश्रममा परिवर्तन सामान्यतः एकदमै सुस्त हुन्छ । अहिले पनि यहाँको परम्परा र रुढीवादी मूल्य हावी छ । तर, वैवाहिक बलात्कारका पीडित महिलाले आवाज उठाउन थालिसकेका छन् ।

बिबिसीबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment