Comments Add Comment

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

२ साउन, पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।

सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment