Comments Add Comment

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु

२ साउन, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्युु भएको डीएसपी बिष्टले बताए ।  राति करीब १० बजेतिर दुर्घटना भएकोमा कैलालीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment