Comments Add Comment

चितवनमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

२ साउन, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका- ८ को पर्सा चोकनजिक ट्याङ्करको ठक्करबाट शनिबार साँझ एक युवतीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको   ना ८ ख ३०२४ को तेल ट्याङ्करले विपरीत दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी-१० कि २३ बर्षीया सिर्जना चौधरी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रत्ननगर नगरपालिका- ३ का मोटरसाइकल चालक सुवास चौधरी सामान्य घाइते भएका छन् । ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment