३ साउन, काठमाडौं ।अघिल्लो वर्षको तुलनाामा कामना सेवा विकास बैंकको नाफा ४८५ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नाफामा आएको उच्च बृद्धिसंगै बैंकको वाषिर्क प्रतिसेयर आम्दानी २.१६ रुपैयाँबाट बढेर २६.४० रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ८४ करोड ४३ लाख र वितरणयोग्य नाफा ४४ करोड ४८ लाख रुपैयाँ छ ।
कुल चुक्ता पूँजी २ करोड ६५ लाख १९ हजारभएको बैंकले आर्जन गरेको वितरणयोग्य नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4