Comments Add Comment

पर्सामा एक वर्षमा ४२ वटा बलात्कारका घटना

३ साउन, वीरगञ्ज । पर्सामा गत आर्थिक वर्षमा ४२ वटा बलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा पर्सामा ४२ वटा बलात्कारका घटना भएका हुन् ।

करणी उद्योग र बाल यौन दुरुपयोगका ७/७ वटा घटना छन् भने अप्राकृतिक मैथुनको एउटा घटनाको पनि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्सामा आर्थिक वर्ष २०७६/७७ मा ३९ र २०७५/७६ मा ३३ वटा बलात्कारका घटना दर्ता भएका थिए । जर्बजस्ती करणी उद्योगको दुवै आर्थिक वर्षमा समान ४/४ वटा घटना दर्ता भएका छन् । २०७७/७८ मा जबर्जस्ती करणीपछि ज्यान मार्ने उद्योग र अपहरण तथा जबर्जस्ती करणीका २/२ वटा मुद्दा दर्ता भएका छन् । २०७६/७७ मा बाल यौन दुरुपयोगका ५, अप्राकृतिक मैथुन र यौन दुव्र्यवहारको १/१ वटा मुद्दा दर्ता भएका छन् ।

मुलुकी अपराध संहिताको परिच्छेद १८, दफा २१९ र उपदफा २ मा १८ वर्ष भन्दा कम उमेरको बालिकासँग मञ्जुरीमै करणी गरे पनि जबर्जस्ती करणी भएको मानिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment