Comments Add Comment

कैलालीमा ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु

३ साउन, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु गरेको छ । हालै जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख भएर आएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको परिकल्पनाअनुसार आइतबारदेखि ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु गरिएको हो ।

एसपी अधिकारीले अभियान अन्तर्गत पहिलो दिन आइतबार कैलालीमा क्रियाशील पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । अधिकारीले अभियान अन्तर्गत समाजका सम्बद्ध सबै पक्षसँग संगठनका लागि आवश्यक सुझाव माग्दै सोहीअनुसार कार्य योजना बनाइने बताए ।

अभियानले अपराधिक गतिविधि नियन्त्रण र कानून कार्यान्वयनमा सहजता हुने विश्वास प्रहरीले गरेको छ । यस्तै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले लागूऔषध दुर्व्यवहार नियन्त्रण पनि प्रमुख प्राथमिकताको विषय भएको बताए । उनले पछिल्लो समय लागूऔषध दुर्व्यवहारका घटनामा बृद्धि भइरहेको पाइएको भन्दै नियन्त्रणका लागि सक्रियताका साथ लाग्ने बताए । त्यसका लागि ‘भविष्य बचाऊ’ अभियान सञ्चालन गरिने एसपी भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालयले अबदेखि सेवाग्राहीको अभिलेख समेत राख्ने भएको छ । कार्यालयमा सेवा लिन आउनेहरुका लागि सेवाग्राही अभिलेखीकरण तथा पृष्ठपोषण फारम भर्ने व्यवस्था गरिएको छ । उक्त फारममा सेवाग्राहीको विवरण, सेवा प्रवाह सम्बन्धी विवरण र सेवाग्राही प्रहरीलाई सुझाव दिन सक्ने व्यवस्था छ भने कार्यालयमा बिचौलियालाई निषेध गर्ने नीति पनि अवलम्बन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment