Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत अवस्थामा फेला

४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको हो ।

बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने अधिकारीले बताए । यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैंडा भेटिएका हुन् । ती गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले जानकारी दिए ।

गत आर्थिक वर्षमा प्राकृतिक कारण तथा चोरीशिकारीबाट निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment