Comments Add Comment

कुवेतबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीलाई रेमिट्यान्स पठाउन अझ सहज भएको ईसेवाले जनाएकाे छ ।

कुवेतमा रहेका नेपालीले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ ।

मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्ने जनाइएकाे छ । उक्त रकम नेपालमा रहेका ईसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै ईसेवा खातामा लोड गर्न पनि सकिन्छ ।

कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रीय बैंकबाट अनुमतिप्राप्त रेमिट्यान्स कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स, मुद्रा विनियम जस्ता सेवा दिँदै आएको छ ।

ईसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट ईसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । यसले ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड १० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment