Comments Add Comment

झापामा मोटरसाइकको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

५ साउन, दमक । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा सोमबार राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह-३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१-०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह-३ का मोहन उप्रेती पनि सामान्य घाइते छन् ।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह-४ का २८ वर्षीय भरत रिजाल र पछाडि बसेका सोही वडाका २६ वर्षीय रविन पौडेल पनि घाइते छन् । रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment