 
																			५ साउन, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको मंगलबार बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए ।
स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4