+
+
Shares

‘युरोकप विथ फोनलोन’को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खति

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १३:२७

फोन लोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । असार १ गते देखी २३ गते सम्म चलेको यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् ।

उनले सामसङ्ग को ५५–इन्च स्मार्ट टिभी जितेका छन् । यसमा फोनलोन सन्जालका ५ बैंक – लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी भएका थिए । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।

विजेता छनौट भने फोनलोनको ’विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?