
७ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आफ्ना शेयर धनीहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको बिहीबार बिहान बसेकेा सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई सो लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको लक्ष्मी क्यापिटल मार्केटले विज्ञप्तिमार्फत जनाएको छ ।
बिहीबार बिहान सञ्चालक समितिको ६८औं बैठक बसेर उक्त निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4