Comments Add Comment

पायल्सको समस्या र उपचार विधि

पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत: निको पार्न सकिन्छ । तर, बेवास्ता वा लापरबाही गरिए, पायल्सले जीवनभर दु:ख दिन्छ ।

पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु पलाउँछ । जब मलद्वारमा समस्या हुन्छ, खानपानलाई त्यसले प्रभावित बनाउँछ । खानपान प्रभावित भएपछि स्वास्थ्यमा असर गर्छ । यसले शारीरिक मात्र होइन, मानसिक रुपले पनि हामीलाई रोगी बनाउँदै लैजान्छ ।

खानपान र जीवनशैलीको कारण यो समस्या हुन्छ । चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ ।

पानीको सेवन कम गर्नु, फाइबरयुक्त सागपात सेवन नगर्नु, फलफूल सेवन नगर्नु, शारीरिक रुपमा निष्क्रिय बस्नु, तारेको भुटेको खानेकुरामा जोड दिनु, मासुमंसमा लिप्त हुनु पायल्स निम्त्याउने कारण हुन् ।

खानपान र जीवनशैलीको कारण कब्जियत हुन्छ । कब्जियत भएपछि दिसा त्याग गर्न गाह्रो हुन्छ । दिसा त्याग गर्न गाह्रो भएपछि मलद्वारमा अनावश्यक दबाब पुग्छ । यसले घाउँ बनाउँछ ।

उपचार विधि

पायल्सबाट बच्ने उपाय भनेको स्वस्थ जीवनशैली अपनाउनु हो । यसका लागि खानपान स्वस्थ हुनुपर्छ । दिनचर्या सक्रिय हुनुपर्छ ।

१. नियमित रुपमा दिसा गर्ने । दिसा त्यागको लागि निश्चित समय बनाउने ।

२. दिसा गर्दा बल नगर्ने, हतार नगर्ने ।

३. सुपाच्य खानेकुरा सेवन गर्ने ।

४. पर्याप्त पानी वा झोलयुक्त खानेकुरा खाने ।

५. फाइबरयुक्त खानेकुरा, साग, फलफूल सेवन गर्ने ।

६. पिरो, मसलेदार, चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने ।

७. मदिराजन्य खानेकुरा, मासुजन्य खानेकुरा सेवन नगर्ने ।

८. चिन्ता नलिने । पर्याप्त निन्द्रा लिने ।

घरेलु उपचार

पायल्स हुनुअघि नै यसतर्फ सावधानी अपनाइयो भने दुख पाइदैन । यद्यपी पायल्सको समस्या भइसकेको अवस्थामा भने अन्य प्राकृतिक उपचार खोज्न सकिन्छ ।

१. एउटा भाँडामा तातो पानी राख्ने र मलद्वारलाई डुबाएर राख्ने ।

२. दिसा गरेपछि भिजाएको ट्वाइलेट पेपर प्रयोग गर्नुपर्छ ।

३. मलद्वारलाई सफा राख्नुपर्छ । प्रतिदिन नुहाउनुपर्छ । मनतातो पानीले मलद्वार सफा गर्नुपर्छ ।

४. एलोपेथिक उपचार प्रभावकारी हुन्छ । यद्यपि केही आयुर्वेदिक औषधिले दीर्घकालीन रुपमा यस समस्याबाट छुटकारा दिन्छ ।

चिकित्सकको परामर्श 

सामान्यत: पायल्स हानिरहित हुन्छ । र, यसको उपचार पनि सहज हुन्छ । तर, लामो समयसम्म यो अवस्था रहेमा समस्या जटिल बन्छ । दिसा गर्नै गाह्रो हुने, दुख्ने, रगत आउने समस्या भएमा चिकित्सककहाँ जानुपर्छ ।

पुरानो पायल्स लामो समयमा रहेमा रक्त श्रावको कारण कतिलाई एनिमिया हुनसक्छ ।

शल्यक्रिया गराउने अवस्था

पायल्स जटिल अवस्थामा पुगिसकेको छ भने शल्यक्रियाको विकल्प अपनाउन सकिन्छ । यो उपचार सुरक्षित र प्रभावकारी हुन्छ । यसमा केही विधि छन् ।

१. रबर ब्यान्ड लिगेशन– यसका लागि स–साना रबर ब्यान्ड प्रयोग गरिन्छ । यो पायल्सको जडमा लगाइन्छ । एक हप्तामा पायल्स सुक्छ ।

२. स्क्लेरोथेरापी इन्जेक्सन– यस विधिमा एक केमिकल इन्जेक्सन लगाइन्छ । यसले पायल्स सुकाउँदै लान्छ । यसले दुखाइ र सुन्निएको कम हुन्छ ।

३. कोआगुलेशन– यस प्रविधिमा लेजर वा इन्फ्रा रेड लाइट वा बाई पोलर हिट ट्रिटमेन्ट प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment