Comments Add Comment

बैंकका कर्मचारीको दक्षता बढाउन गर्नुपर्ने खर्चको सीमामा एक वर्ष छुट

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय र्संस्थाका कर्मचारीको दक्षता अभिवृद्धिमा खर्च गर्नुपर्ने अनिवार्य खर्चको सीमा थप एक वर्षका लागि छूट दिएको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थालाई सोमबार जारी गरेको निर्देशन २०७७ मार्फत नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीको दक्षता अभिवृद्धिका लागि अघिल्लो आवको कुल तलवभत्ता खर्चको न्यूनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नुपर्छ ।

तर, यो प्रावधान आव २०७७/७८ को हकमा अनिवार्य गरिएको छैन । यो प्रावधान गत वर्ष समेत थप गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण बैंकहरुको आम्दानीमा परेको प्रभावलाई ध्यान दिँदै नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment